महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह « Khabarhub

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मङ्गलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल महिला सङ्घकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मङ्गलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उनले महिला अधिकारका लागि उनको भूमिका अतुलनीय रहेको बताए ।

उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने महिला नेत्री सिंह लगायत महिलाको सङ्घर्षको परिणामस्वरुप वर्तमान संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको बताए ।

त्यस अवसरमा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सृजना सिंहले मङ्गलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणाकी स्रोत रहेको बताइन् । महिलालाई चुलोचौकोबाट बाहिर निस्केर आफ्ना हक, अधिकारका निम्ति लड्न २००४ साल साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला महिला सङ्घ स्थापना भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ५ : ३१ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध