भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता « Khabarhub

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् ।

अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए ।

दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोलीले खोजीकार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : १७ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख