राहुल गान्धीको आरोप - भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ | Khabarhub Khabarhub

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीले भारतमा चुनावको मिति निर्वाचन आयोगले नभइ सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले तोक्ने गरेको आरोप लगाएका छन्‌ ।

बिहारमा मतदाता अधिकार यात्रा निकालिरहेका गान्धीले मधुबनीमा आयोजित जनसभामा त्यहाँको चुनाव आयोगमाथि सङ्गीन आरोप लगाएका हुन्‌ ।

‘महाराष्ट्र र हरियाणाको चुनाव आउन लाग्दा सबैभन्दा पहिले मतदानको मिति बदलिन्छ, निर्वाचन आयुक्त कसलाई बनाउने भन्ने निर्णय प्रधानमन्त्री (नरेन्द्र मोदी) ले लिन्छन्‌ । त्यहाँ विपक्षीका नेता भए पनि त्यस्तो निर्णय गर्न रोक्न सक्दैनन्‌,’ गान्धीले भने ।

यसअघि गान्धीले भाजपामाथि मत चोरी गरेको आरोप लगाएका थिए । मतदानमा धाँधली गर्ने गरेकै कारण भाजपा आउँदो ५० वर्षसम्म पनि सत्तामै रहने उनको भनाइ थियो ।

उनले भने, ‘संविधानमा हरेक भारतीयलाई मतदान अधिकार रहेको उल्लेख छ, तर हामीसँग कुनै अधिकार बचेको छैन ।’

बिहारको सासारामबाट सुरु भएको राहुलको गान्धी यात्रा मङ्गलबार मधुवनी पुगेको थियो । उक्त यात्रामा विकासशील इन्सान पार्टीका संस्थापक मुकेश सहनी पनि सहभागी थिए ।

यो यात्रामा तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डी पनि सहभागी भएको बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : ५१ बजे

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

चितवन– वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन

फिलिपिन्समा शक्तिशाली चक्रवात : मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

एजेन्सी– फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको