आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २६ तारिख। नवरात्रको पाँचौं दिन। स्कन्दमाताको पूजा। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ। परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। ऋण बढ्नेछ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ।

कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

सिंह : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ। सामाजिक क्षेत्रमा इज्जत गुम्ने खतरा छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राम्रो योजना बन्नेछ। समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। पुराना साथीको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। उच्च स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। श्रमको मूल्य प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत प्राप्त हुनेछन्। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। समाजमा तपाईंको मान बढ्ने योग छ। परिवारमा सम्मान प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ। विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। अन्त्य साढेसातीको प्रभावले मन अशान्त बने पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ०१ बजे

अर्थसंक्षेप : बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै, फजुल खर्च रोक्दै दोलखाका सहकारी र १८ अंकले ओ‌रालोतिर बजार

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता अख्तियार दुरुपयोग

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौं– विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेपाले मागे राजीनामा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको