एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने « Khabarhub

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो । भारत भने सुपर फोरको एक खेल अगाडि नै फाइनल पुगिसकेको छ । भारतले आज श्रीलंकासँग सुपर फोरको अन्तिम खेल खेल्दैछ ।

गएराति दुबई क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १३६ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश फाइनल खेल्न चुकेको हो । बंगलादेशले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १२४ रन बनायो ।

बंगलादेशका लागि शामिंम हुशेनले ३०, शरिफ हशनले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । यसअघि पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद नवाजले २५ रन जोडे ।

यो वर्षको एसिया कपको समूह चरण र सुपर फोरमा भारतसँग पराजित भएको पाकिस्तानका लागि फाइनलमा बदला लिने अवसर प्राप्त हुनेछ । भारतले भने पछिल्ला खेलमा लगातार जित निकाल्दै आएकाले पाकिस्तानसँगको प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै आएको छ ।

एसिया कपको फाइनल यूएईमा आइतबार हुँदैछ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ३२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको