नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार « Khabarhub

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवामार्फत गन्तव्यसम्म पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तुइन खोला पहिरोमा फसेका यात्रुहरूको उद्धारका लागि मंगलबारदेखि सुरु गरिएको निःशुल्क घुम्ती बस सेवा  बिहीबार साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। 

पहिरोमा अलपत्र परेका यात्रुलाई नारायणगढ, भरतपुरसम्म ल्याई सहजीकरण गरेको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । 

‘तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको थियो, अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाद्यान्न र प्राथमिक उपचार लागि समेत समन्वय गरेका थियौं’ उनले भने ।  

बिहीबार राती करिब १० बजेबाट भने पहिरो हटाएर दुईतर्फी रुपमा उक्त खण्ड सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ६ : ५९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर