प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन « Khabarhub

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाई वर्तमान परिस्थितिको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी अन्तरसम्बन्ध र सहकार्य, जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको समीक्षा गर्दै पुनर्निर्माण तथा पुनःस्थापना योजना निर्माण, चालु आर्थिक वर्ष २०८२-८३ का स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गरिनुपर्ने उल्लेख छ ।

बैठकमा क्षतिग्रस्त स्थानीय सरकार र जिल्ला समन्वय समितिका संरचनाको अस्थायी व्यवस्था गरी सेवा प्रवाह सञ्चालन गर्न सहजीकरण गर्न विकास साझेदार निकाय र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजिएसपी)लगायत स्रोत साधनलाई प्रभावकारी उपयोग गर्न प्रदेश निर्देशक समितिको बैठक गरी उचित निर्णय लिनुपर्ने, राष्ट्रिय समन्वय परिषद्को तत्काल बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने र प्रदेश समन्वय परिषद्को तर्फबाट राष्ट्रिय समन्वय परिषद्मा पेस गर्नुपर्ने एजेण्डाका बारेमा छलफल हुनपर्ने जनाइएको छ ।

सङ्घरमहासङ्घले जेनजी प्रदर्शनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध गर्न सम्बन्धित पक्षसँग माग गरिएको छ । 

जेनजी प्रदर्शनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति तथा युवाको शासन व्यवस्थामा सहभागिताजस्ता जायज मागमा समर्थन जनाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले सङ्घरमहासङ्घले उठाएका विषयलाई सम्बोधन गर्न यथाशीघ्र प्रदेश समन्वय परिषद्को बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश अध्यक्ष ललित घलान, सचिव सानुकाजी लुइँटेल, सहसचिव तारा ढुङ्गानालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ०६ बजे

कुलमनले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै