अझै कायमै छ ‘बालीघरे प्रथा’  « Khabarhub

अझै कायमै छ ‘बालीघरे प्रथा’ 


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हाराहारीमा दलित समुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ ।

ग्रामीण क्षेत्रमा सीपमूलक काम गरेबापत दलित समुदायले ज्यालाका रूपमा नगदको विकल्पमा बाली लिने चलनलाई बालीघरे भन्ने बुझिन्छ । यहाँका दलितका लागि योबाहेक अर्को विकल्प नभएकाले पनि यसलाई निरन्तरता दिनु उनीहरूको बाध्यता हो । 

बालीघरे प्रथामा वर्षभर काम गरेको ज्यालाका रूपमा अन्न लिने चलन हुन्छ । यसअन्तर्गत गाउँघरमा हुने फलाम कुट्ने, फलामका सामग्री अर्जप्ने (धारे लगाउने), कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्दछ । यो पेसामा लाग्नेलाई जीवन निर्वाह गर्न समस्या छ ।

कपडा सिलाउने काम गरेबापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी (२० पाथी) अन्न, चाडपर्वमा भाग भनेर मासु, चामल नुन, सेलरोटी दिने चलन अहिले पनि गाउँघरमा कायम नै छ ।

देशमा धेरै सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि गाउँघरमा अहिले पनि बालीघरे चलन रहिआएको नगरस्तरीय दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले जानकारी दिए । बाउबाजेले गरी आएको काम भएकाले अहिले पनि गाउँघरका केही दलित समुदायले बालीघरेमा काम गर्दै आएको उनको भनाइ छ ।

उहाँका अनुसार, गाउँघरमा अहिले पनि बालीघरे प्रथा कायम नै छ । सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि धेरै वर्षअघिबाट चल्दै आएको बालीघरे प्रथा हट्न सकेको छैन । केही सुधार भए पनि अहिले पनि ४० प्रतिशत दलित समुदाय बालीघरेमा काम गर्दछन् ।

आफूजस्ता अभियन्ताहरूले हकअधिकारका लागि विभिन्न अभियान सञ्चालन गरे पनि त्यो पर्याप्त हुन नसकेको रणपहेलीले बताए । यो प्रथाको अन्त्यका लागि हामी लागिरहेका छौँ । विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । 

तर यस्तो प्रथा भने कायम नै छ । यसको मुख्य कारण गरिबी भएको उनले भने। बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा पछिल्लो समय युवापुस्तामा यो पेसाप्रति रुचि घट्दै गएको उनको भनाइ छ । 
 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ३९ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती