पहिरोले ५ दिनदेखि अवरुद्ध कोशी राजमार्ग « Khabarhub

पहिरोले ५ दिनदेखि अवरुद्ध कोशी राजमार्ग


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको कोशी राजमार्ग ५ दिनदेखि  अवरुद्ध बनेको छ । 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग असोज ५ गतेदेखि ठप्प भएको हो। 

त्यस्तै, लेहेन्दे खोलामा आएको बाढीले बगाएको रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल असारदेखि बन्न नसक्दा यो मार्ग पनि अवरुद्ध रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

बिहीबारसम्म वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध अन्य प्रमुख तीन राजमार्ग भने सुचारु भइसकेको उनको भनाई छ ।

‘चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि  दुईतर्फ सुचारु भएको छ, रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली–मैलुङ सडकमा पनि अहिले अवरोध छैन ।’

सडक विभागका अनुसार सोमबारदेखि सुचारु भएको तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पनि एकतर्फी रूपमा निर्वाध सुचारु छ । विभागका अनुसार विपी राजमार्गमा पनि कुनै अवरोध छैन ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ५३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा