अपाङ्गता भएका विद्यार्थीलाईलाई सहयोग सामग्री « Khabarhub

अपाङ्गता भएका विद्यार्थीलाईलाई सहयोग सामग्री


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– कैलालीका तीन पालिकामा रहेका ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि सहयोग सामग्री वितरण गरिएको जनाइएको छ । 

अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी १६ प्रकारका ९२ वटा सामग्री वितरण गरिएको हो । जसमा लम्कीचुहा नगरपालिकामा १८ जनालाई २४ प्रकारका सहयोग सामग्री, जानकी गाउँपालिकामा २६ जनालाई ३९ प्रकारका र टीकापुर नगरपालिकामा २४ जनालाई २९ प्रकारका विभिन्न सहयोग सामग्री वितरण गरिएको हो ।  

कूल रु १३ लाख ५१ हजार ८४० बराबरको सहयोगी संस्थाको बजेटमा ह्विलचियर, कर्सी, ट्वाइलेट चियर, कृत्रिम खुट्टा, कृत्रिम औलालगायतका १६ प्रकारका सहयोग सामग्री वितरण गरिएको गुडनेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक अरूण चौधरीले जानकारी दिए । 

गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत उक्त सहयोग सामग्री वितरण गरिएको हो । 

जानकी गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न र कार्ड वितरणका लागि टीकापुर अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर महिनाको एक पटक परिचयपत्रको लागि प्रक्रिया सुरु गर्ने पालिका अध्यक्ष गणेश चौधरीले बताए।

 उनले भने, ‘मानिसको जीवन सहज कसरी बनाउने कुरा हो । विभिन्न अपाङ्गता भएकालाई सहज जीवनयापन जीउनको लागि सक्दो सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।’

सहयोग सामग्री पाएपछि अपाङ्गता भएका बालबालिका तथा उनीहरूका अभिभावक समेत खुसी भएका थिए । जानकी–७ का अपाङ्गता भएका रामु थारू आफू कृत्रिम खुट्टा पाएपछि हिँडडुल गर्न समेत सहज भएको बताए। उनले चार वर्ष अघि घर निर्माणमा मजदुर काम गर्ने क्रममा पर्खाल भत्किदा खुट्टा गुमाएका थिए । 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : ५४ बजे

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या