गाजामा विनाशबीच माइक्रोसफ्टले बन्द गर्‍यो इजरायली सेनाका केही सुविधा  « Khabarhub

गाजामा विनाशबीच माइक्रोसफ्टले बन्द गर्‍यो इजरायली सेनाका केही सुविधा 


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– माइक्रोसफ्टले इजरायली सेनाका लागि उपलब्ध गराइराखेका केही सेवा बन्द गरेको छ ।

इजरायलले प्यालेस्टाइनीहरूलाई सामूहिक निगरानी गर्न कम्पनीको क्लाउड कम्प्युटिङ प्रविधि प्रयोग गरेको देखिएपछि माइक्रोसफ्टले यो कदम चालेको हो । 

कम्पनीको ब्लगमा प्रकाशित विज्ञप्तिमा माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले भने, ‘इजरायलको रक्षा मन्त्रालयअन्तर्गतको एक इकाइका लागि उपलब्ध गराइराखेका केही सेवाहरू बन्द र निष्क्रिय गरिएको छ’, उनले भने ।

यो कदम दि गार्जियन र इजरायली पत्रिका प्लस ९७२ ले साउनको सुरुमा सार्वजनिक गरेको अनुसन्धानपछि आएको हो। उक्त अनुसन्धानले इजरायलको सैन्य गुप्तचर इकाइ ‘८२००’ ले गाजा र अधिग्रहित पश्चिम किनारामा रहेका प्यालेस्टाइनीहरूले गरेका करोडौँ फोन कलहरू भण्डारण गर्न माइक्रोसफ्ट अज्योर प्रयोग गरेको खुलाएको थियो।

माइक्रोसफ्टले साउन ३० गते (अगस्त १५) मा यसबारे समीक्षा सुरु गरेको घोषणा गरेको थियो। स्मिथले भने, ‘माइक्रोसफ्टले कहिल्यै पनि नागरिकहरूको सामूहिक निगरानीलाई सहज बनाउन प्रविधि उपलब्ध गराउँदैन । यो सिद्धान्त कम्पनीले विश्वका सबै मुलुकहरूमा लागू गर्दै आएको छ।’

उनले बताएअनुसार समीक्षामा व्यावसायिक अभिलेख, वित्तीय विवरण, आन्तरिक कागजात र अन्य तथ्यहरू मात्रै हेर्नमा केन्द्रित गरिएको थियो । भण्डारण गरिएको सामग्रीको वास्तविक सामग्रीमा पहुँच दिइएको थिएन।

अनुसन्धानका क्रममा कम्पनीले समाचारमाध्यमहरूले उल्लेख गरेका केही बुँदालाई पुष्टि गर्ने प्रमाण पाएको बताएको छ । जसमा इजरायलले नेदरल्यान्ड्सस्थित अज्योर भण्डारण क्षमता र एआई सेवाको प्रयोग गरेको तथ्य पनि समेटिएको छ। 

माइक्रोसफ्टले इजरायललाई सूचित गर्दै भनेको छ, ‘विशेष (रक्षा मन्त्रालय)का सदस्यता र तिनका सेवाहरू (विशेष क्लाउड भण्डारण र एआई प्रविधिहरूको प्रयोग पर्छ), बन्द र निष्क्रिय गरिनेछ।’

एक इजरायली सुरक्षा अधिकारीले भने, ‘यसले इजरायली सेनाको (आईडीएफ) कार्यगत क्षमतामा कुनै असर पारेको छैन।’ माइक्रोसफ्टले भने समीक्षा अझै पनि जारी रहेको जनाएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ३१ बजे

विश्वकपमा मेसीको कीर्तिमानी ह्याट्रिक: रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ