सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु « Khabarhub

सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठ्यक्रम सुधार र सम्बन्धनको अन्योल अन्त्यलगायतका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दिएको आठ बुँदे निर्देशन कार्यान्वयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले काम थालेको छ ।

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले बिहीबार परिषद्लाई मौजुदा पाठ्यक्रममा सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्नेलगायत लिखित निर्देशन दिएका थिए । निर्देशनमा एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशनको व्यवस्था गर्नु भनी उल्लेख थियो ।

यसैगरी सिटिइभिटीमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण र सम्बोधन गर्ने शाखा तुरुन्त बनाउन निर्देशन दिइएको छ । २०६९ सालदेखि अहिलेसम्म सम्बन्धनका लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरू अध्ययन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्न पनि मन्त्री पुनले निर्देशन दिएका थिए ।

सिटिइभिटीका सदस्य सचिव ई महेश भट्टराईले नयाँ शिक्षामन्त्रीले आफूहरूले भोग्दै आएका समस्या र समाधानका लागि थालेका पहलबारे विषयवस्तु बुझेर निर्देशन दिनु सकारात्मक रहेको बताउँदै त्यसलाई कार्यान्वयनको प्रक्रिया थालिएको  जनाए । 

उनका अनुसार हाल सम्बन्धनका लागि करिब ५०० संस्थाको आवेदन विचाराधीन छन् । ‘सम्बन्धनका लागि आवेदन आएका विषयमा भर्नाको चाप देखिँदैन तर पनि सम्बन्धन मागेका छन् । राज्यको निकायले सञ्चालन गर्न अनुमति दिएपछि सञ्चालनको सुनिश्चितताको आधार पनि खोज्नुपर्ने हुन्छ’, सदस्यसचिव भट्टराईले भने, ‘संस्था सञ्चालनका लागि सामाजिक र आर्थिक रूपमा स्पष्ट हुनुपर्ने हुन्छ । त्यसका आधारमा हामीले गरेका अध्ययन र गृहकार्यलाई मन्त्रीज्यूको निर्देशनअनुसार चाँडो टुङ्गोमा लैजानेछौँ ।’

लामो समयसम्म सम्बन्धन रोक्का हुँदा लगानी र पूर्वाधार तयारी गरेका संस्थाहरूले मर्का परेको गुनासो गर्दै आएकामा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तका पालामा अध्ययन र छानबिन प्रक्रिया अघि बढेको थियो । त्यही कामको निरन्तरतामा नयाँ मन्त्रीको निर्देशनबमोजिम चाँडै निष्कर्षमा लानुपर्ने सिटिइभिटीका प्रवक्ता टैलेन्द्र आचार्यले जानकारी दिए ।

हाल परिषद् मातहत ६७ वटा आङ्गिक शिक्षालय, ५६ वटा साझेदार शिक्षालय,  ६३९ प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक र ४२१ वटा निजी शिक्षण संस्था सञ्चालनमा छन् ।

ती संस्थाले कृषि तथा वन, इञ्जिनियरिङ, स्वास्थ्य, होटल व्यवस्थापनलगायत क्षेत्रमा डिप्लोमा/प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्छन् । परिषद्बाट जीविकोपार्जन र उद्यमशीलताको विकास गर्न व्यावसायिक सीपका लागि छोटो अवधिको तालिम सञ्चालन गर्न एक हजार ८५० निजी संस्थाले अनुमति लिएका छन् । रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : १६ बजे

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक