कनकमणिको टिप्पणी : नेपालको इतिहासमा यति ठूलो विनाश कहिल्यै भएको थिएन « Khabarhub

कनकमणिको टिप्पणी : नेपालको इतिहासमा यति ठूलो विनाश कहिल्यै भएको थिएन


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २३ र २४ गते जस्तो ठूलो विनाश र विध्वंस नेपालको इतिहासमा कहिल्यै नभएको बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा दीक्षितले जेन-जीका नाममा नेपालमा पहिले लुटेर सार्वजनिक र निजी संरचनामा आगो लगाइएको बताए ।

‘यो आन्दोलनपछि नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल भएको छ। नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुँदा नेताहरूले राम्रोसँग काम गर्न सकेका थिएनन्। अब त झनै त्यो बढ्ने अवस्था छ। हामी यहाँबाट उठ्न नसक्ने अवस्था छ’, उनले भने, ‘भदौ २३ गतेको गोलीकाण्ड र २४ गतेको विध्वंशको छानबिन हुनुपर्छ । गोली चलाउन आदेश दिनेलाई छानबिन हुनुपर्छ । विध्वंशमा संलग्नलाई कारबाही हुन सकेमा नेपालको अन्तर्राष्ट्रिय छवि सुध्रिन्छ ।’

उनले जेन-जीका नाममा सरकार ढाल्ने र राज्य व्यवस्था ढाल्ने दुवै कोसिस भयो । सरकार पल्टिँदा नेपालको राज्य व्यवस्था केही ढलेको उनले बताए ।

‘लिच्छवी, मल्ल, शाह र राणाकालमा पनि नेपालमा यो किसिमको विध्वंश भएको थिएन’, उनले भने, ‘नेपालले विश्वलाई नै क्लाइमेट क्राइसिसमा नेतृ्त्व गर्नुपर्छ भनिरहेका थियौँ। तर हामी आफैं अब गम्भीर संकटमा परेका छौँ।’

उनले आउने दिनमा हेर्दा अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको छवि बदनाम भएको दोहोर्‍याएका छन् । ‘हरेक घटनाको छानबिन हुनुपर्छ । निर्वाचन समयमा हुनैपर्छ । अनुसन्धान पनि समयमा र भरपर्दो हुनुपर्छ । गोलीकाण्ड र विध्वंशका दुवै घटनामा संलग्नलाई कारबाही गर्न सक्नुपर्छ ।’

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : १३ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको