काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने « Khabarhub

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको काज सरुवा सम्बन्धी स्पष्टीकरण सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले २०८२ असोज ६ गते गरेको निर्णय अनुसार प्रदेश र स्थानीय तह स्तरीय स्वीकृत दरबन्दीबाहेकका शैक्षिक संस्थामा कार्यरत शिक्षकलाई काज सरुवाको व्यवस्था गर्न नमिल्ने स्पष्टीकरणमा उल्लेख छ ।

केन्द्रले जारी गरेको निर्देशानुसार, विद्यालयस्तरका दरबन्दीमा कार्यरत शिक्षकलाई मात्र काज सरुवाको व्यवस्था गर्न सकिनेछ । सो बाहेक अन्य कुनै किसिमको काज सरुवा प्रक्रिया अघि बढाउन नहुने स्पष्ट गरिएको छ ।

केन्द्रका निर्देशक भेषराज गौतमद्वारा हस्ताक्षरित उक्त पत्रमा मन्त्रालयले प्रावधानअनुरूप मात्र सरुवा प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ०६ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय