उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा « Khabarhub

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड रुपैयाँ बराबर सहयोग गर्ने बताएको छ ।

गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले सिंहदरबार र उपत्यका प्रहरी कार्यालय सुदृढीकरणका लागि उक्त रकम दिने घोषणा गरेको थियो । 

सोबारे फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड र उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोग गर्ने बताएका हुन् ।

‘तोडफोड भएका प्रहरी चौकी र नगरपालिकाको सेवा प्रवाहमा सक्दो सहयोग गर्ने हामीले निर्णय गरेका छौँ, उनले थपे, ‘सिंहदरबारसहितका ऐतिहासिक र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड तथा आगजनीप्रति फोरमको कडा आपत्ति छ, दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग हाम्रो माग छ ।’

फोरमले सार्वजनिक सम्पत्ति पुन निर्माण र संरक्षणमा सबैलाई एकजुट हुन अपिल गरेको छ ।

काठमाडौं उपत्यकाका १८ नगरपालिका र ३ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा