सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल « Khabarhub

सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इन्डोस्कोपी सेवा सुरु भएको छ ।

स्वास्थ्य सेवा विभागबाट प्राप्त उपकरण जडान गरी परीक्षण सफल भएपछि केही दिनयता सेवा प्रवाह भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा राम श्रेष्ठले जानकारी दिए । 

मणिपाल शिक्षण अस्पताल पोखराका ग्याष्ट्रोलोजिष्ट डा शङ्कर बराल र केन्द्रका जनरल सर्जन डा सविनकुमार घिमिरेको समूहले बिरामीको परीक्षण गरी सेवा सञ्चालनमा ल्याएका हुन् । अब नियमित रूपमा उक्त सेवा सञ्चालन गरिने निर्देशक डा श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘यो सेवा नहुँदा यस भेगका जनता पोखरा जानुपर्ने बाध्यता थियो । अब पेटसम्बन्धी समस्याको उपचार यहीबाट प्रदान हुनेछ ।’

केन्द्रमा अन्य सेवा थप गर्दै लैजाने रणनीतिअनुसार गत भदौ १० गतेदेखि विद्युतीय चिकित्सा प्रणालीसमेत सुरु भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि टिकट, बिलिङ, रिपोर्ट, औषधिलगायत विवरण अनलाइन प्रणालीमार्फत जानकारी लिन सहज भइरहेको डा श्रेष्ठले बताए । 

उनले भने, ‘अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्स-रे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्स-रे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न पाउँछन् ।’ रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : १८ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय