पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ « Khabarhub

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।  

शुक्रबार काठमाडौंमा जेन-जी आन्दोलनका भएका घटनापश्चात् मुलुकमा उत्पन्न परिस्थितिका बारेमा छलफल कार्यक्रमको आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको मनोभावना र माग बुझेर त्यसलाई सम्बोधन गर्ने वातावरण बनाउँदै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।

अहिलेको परिस्थितिमा पार्टीहरूको बिचमा पनि समन्वय र सहकार्य हुन जरुरी रहेको उनले बताइन् । भण्डारीले भ्रष्टाचारको नियन्त्रण र सुशासनको माग राखेर युवा पुस्ताले गरेको आन्दोलनमा भएको घटना शङ्कास्पद रहेको धारणा राखिन् ।

उनले नेपालको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि समस्या पर्न सक्ने भएकाले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।  

राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउन सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्न उनले आह्वान गरिन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ६ : १३ बजे

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की

कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै माझीटार

पाँचथर– बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा पाँचथरको माझीटार फाँट चार

प्रतिनिधिसभाको बैठक जारी, हर्कको विरोध आज पनि

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको

पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माण : किसानलाई राहत

भोजपुर– पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि