पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ « Khabarhub

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।  

शुक्रबार काठमाडौंमा जेन-जी आन्दोलनका भएका घटनापश्चात् मुलुकमा उत्पन्न परिस्थितिका बारेमा छलफल कार्यक्रमको आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको मनोभावना र माग बुझेर त्यसलाई सम्बोधन गर्ने वातावरण बनाउँदै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।

अहिलेको परिस्थितिमा पार्टीहरूको बिचमा पनि समन्वय र सहकार्य हुन जरुरी रहेको उनले बताइन् । भण्डारीले भ्रष्टाचारको नियन्त्रण र सुशासनको माग राखेर युवा पुस्ताले गरेको आन्दोलनमा भएको घटना शङ्कास्पद रहेको धारणा राखिन् ।

उनले नेपालको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि समस्या पर्न सक्ने भएकाले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।  

राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउन सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्न उनले आह्वान गरिन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ६ : १३ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।