आइसीसी वारेन्टका आधारमा स्लोभेनियाद्वारा नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध « Khabarhub

आइसीसी वारेन्टका आधारमा स्लोभेनियाद्वारा नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

जुब्लियाना– स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । 

यो निर्णय अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको गिरफ्तारी वारेन्टसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको स्लोभेनियाली विदेश मन्त्रालयकी अधिकारी नेभा ग्रासिकले एसटीए समाचार एजेन्सीलाई बताए ।

गत वर्ष करिब २० लाख जनसङ्ख्या भएको यस युरोपेली सङ्घ (इयु) सदस्य राष्ट्रले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको थियो । गाजामा इजरायलका गतिविधिप्रति तीव्र आलोचक रहेको स्लोभेनियाले नेतान्याहुविरुद्ध कदम चालेर आफ्नो नीति अझ प्रष्ट पारेको देखिन्छ ।

यसअघि स्लोभेनियाले इजरायली राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिर र अर्थमन्त्री बेजलेल स्मोट्रिचलाई पनि देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । साथै, इजरायलमा हतियार आपूर्ति रोकेको छ ।

विदेश मन्त्रालयले भनेको छ, ‘स्लोभेनियासहित आन्तरिक अदालतद्वारा बाध्य सबै देशहरूले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायलको अवैध उपस्थितिलाई मान्यता दिनु हुँदैन, न त त्यसलाई कायम राख्न सहयोग पुर्‍याउनु पर्छ ।’ 

स्लोभेनियाली सरकारले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो निर्णयले इजरायल राज्यलाई स्पष्ट सन्देश दिन्छ—स्लोभेनियाले अन्तर्राष्ट्रिय अदालतको आदेश र अन्तर्राष्ट्रिय मानवीय कानूनप्रति निरन्तर सम्मानको अपेक्षा गर्दछ ।’

यसैसँग, सरकारले स्लोभेनिया ‘अन्तर्राष्ट्रिय कानून, मानव अधिकारका विश्वव्यापी मूल्य र सैद्धान्तिक तथा सुसङ्गत विदेश नीतिप्रति प्रतिबद्ध’ रहन्छ भनी पुनः पुष्टि गरेको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : ०६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा