दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा | Khabarhub Khabarhub

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथा प्रसूति सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो । “नगर क्षेत्रमा अस्पताल नभएकाले आकस्मिक अवस्थामा स्वास्थ्यचौकीमै भर पर्नुपर्ने बाध्यता छ, त्यसैले दसैँ बिदामा पनि चौकीमा २४सै घण्टा सेवा निरन्तर गर्ने निर्णय गरेका हौँ”, नगरप्रमुख ओझाले भने ।

सरकारी कार्यालयहरू चाडपर्वमा बन्द भए पनि स्वास्थ्य सेवा भने निरन्तर रूपमा सञ्चालन गरिएको उनले बताए। स्वास्थ्यचौकीका इन्चार्ज वंशीराज भट्टका अनुसार आकस्मिक उपचार र प्रसूति सेवाका लागि आवश्यक स्वास्थ्यकर्मीको ड्युटी तालिका मिलाइसकिएको छ ।

उनले भने, “गत वर्ष पनि दसैँमा चौकीको सेवा खुला राखिएको थियो, यसपटक पनि निरन्तरता दिँदैछौँ ।”

नगरपालिकाले यस्तो व्यवस्था गरेपछि दसैँको समयमा हुने दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूति हुने महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ । उपचारका लागि नगरवासीलाई अब टाढा महेन्द्रनगर, अत्तरिया वा धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

कृष्णपुर नगरपालिकाले विसं २०७९ असार १ गतेदेखि स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । चाडपर्वका बेला पनि स्वास्थ्यचौकीका सेवालाई निरन्तरता दिने कार्यबाट स्थानीय बासिन्दाले सन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : २५ बजे

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय,

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउनुपर्छ : राष्ट्रपति 

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ

मोरङको रंगेलीमा देखियो हाइनाको बथान

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको