खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै « Khabarhub

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र सुनारको मन्त्री हुने सम्भावना सकिएको छ।

राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार आइतबार बब्लु गुप्ता र डाक्टर सुधा शर्माले मात्रै मन्त्रीको शपथ लिने भएका छन् ।

दुईजनाले मात्रै मन्त्रीको शथप लिने जानकारी प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पुगेको उनले बताइन् ।

‘आज दुईजनाको मात्रै शपथ हुने जानकारीसहितको पत्र हामीलाई प्राप्त भएको छ’, उनले भनिन्, ‘शीतल निवासमा बब्लु खड्का र डाक्टर सुधा शर्माको नाम आएको छ ।’

उनले त्यहीअनुसार शपथको तयारी थालिएको पनि जानकारी खबरहबलाई दिएकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार खगेन्द्र सुनार, डा.सुधा शर्मा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई मन्त्री बनाउन लागेकी थिइन् । तर खगेन्द्र एकपछि अनेक आपराधिक घटना र गम्भीर विवादमा मुछिएर मन्त्री हुने अवसरबाट बञ्चित भएका छन् ।

सुनारलाई श्रम तथा रोजगार मन्त्रालय दिने तय भएको थियो । उता शपथ लिन लागेकी शर्मालाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

खगेन्द्रसँगै रोकिएका गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो । अन्तिम समयमा उनको मन्त्रालय फेरेर भूमिसुधारको जिम्मेवारी दिने निर्णय भएको थियो । तर मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिन पुगेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ४३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क