सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने « Khabarhub

सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त नगर्ने भएको छ। निगमको वरिष्ठ अधिकारीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तयारी सरकारको छ।

‘निगमको कार्यकारी अध्यक्षमा नयाँ कोही नियुक्त हुँदैन। भएकामध्येकै वरिष्ठले जिम्मेवारी पाउँछन्’ प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले भने।

वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्कीले नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी लिएकी छन्। २०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषदले युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

उनको कार्यकाल सकिँदैछ। उनी कात्तिक ४ गतेदेखि नै विदामा बसिसकेका छन्। हाल निगममा दुई जना डेपुटी म्यानेजिङ डाइरेक्टर छन् प्राविधिक तर्फ डोलेश्वर कोइराला र प्रशासनतर्फ जनकराज कालाखेती। अधिकारीले डोलेश्वर कोइरालालाई कामु कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर बिदामा बसेका छन्।

पदीय मर्यादा विपरीतका गतिविधि गरेको, मिलेमतोमा निगमका जहाजको इन्जिन मर्मतका लागि ठेक्का दिएको र करोडौं रुपैयाँ नोक्सान पुर्याएको भन्दै अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : २८ बजे

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित