एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध « Khabarhub

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको छ। स्यान्टियागो बेर्नाबेउमा आइतबार राति भएको खेलमा रियलले पहिलो हाफमै गरिएको दुई गोलको अग्रता जोगाउँदै जित दर्ता गरेको हो।

खेलको २२औं मिनेटमा रियलका स्टार फरवार्ड केलियन एम्बाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि ३८औं मिनेटमा बार्सिलोनाका फर्मिन लोपेजले बराबरी गोल फर्काए। तर पहिलो हाफको अन्त्यतिर ४३औं मिनेटमा जुड बेलिङ्घमले आकर्षक गोल गर्दै रियल म्याड्रिडलाई पुनः अग्रता दिलाए, जुन नै अन्तिम नतिजा बन्यो।

दोस्रो हाफमा दुवै टोलीले आक्रमणात्मक खेल प्रस्तुत गरे पनि थप गोल गर्न असफल भए। बार्सिलोनाले बराबरीका लागि निरन्तर प्रयास गरे पनि रियलको सशक्त डिफेन्स र गोलरक्षकको प्रदर्शनले गोल हुन दिएन।

यस जितसँगै रियल म्याड्रिडले लिगको शीर्ष स्थानमा आफ्नो पकड मजबुत पारेको छ। हाल रियलका २७ अंक पुगेका छन् भने बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ।

एल क्लासिकोमा दुवै टोलीका केही मुख्य खेलाडी चोटका कारण अनुपस्थित थिए। बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्की, गाभी र टेर स्टेगन खेल्न सकेका छैनन् भने रियलका डाभिड अलाबा र एन्तोनियो रुडिगर पनि घाइते सूचीमा परेका थिए। यो जितसँगै रियल म्याड्रिडले पछिल्ला सिजनहरूमा बार्सिलोनाविरुद्धको आत्मविश्वास पुनः फर्काएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ११ : १५ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।