सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री « Khabarhub

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा व्यवस्था अध्ययनका लागि मधेस जाँदैछन्।

गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिह्ना, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता भने मधेस जाने भएका हुन्।

उनीहरूसँगै गृहमन्त्रालयका सचिव रामेश्वर दंगाल पनि मधेस जानेछन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनी सोमबार जनकपुर जानेछन्।

उनीहरू सोमबार र मंगलबार मधेसमै रहनेछन्। यसबीचमा उनीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गर्नेछन्।

त्यस्तै त्यहाँ छठसम्बन्धी कार्यक्रममा पनि उनीहरू सहभागी हुनेछन्। सोमबार नै ऊर्जामन्त्री कुलमान घिसिङ भारत जाँदैछन्।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ११ : ३२ बजे

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादवकाठमाडौं– उपराष्ट्रपति

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।