आज २०८२ साल मंसिर १० गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १० गते बुधबारको राशिफल


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १० गते बुधबार। मंसिर शुक्ल पक्षको पष्ठी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । दाजुभाइबाट असहयोग हुनेछ । नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ । रोगसँग लड्ने क्षमताको विकास हुनेछ ।

वृष : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ । साथीसँग तर्क गर्नु भन्दा आफ्नो काममा अगाडि बढ्नु राम्रो हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

मिथुन : सानो कुराले दुःखी बनाउने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । पठनपाठनमा जोस र जाँगर बढ्नेछ । परिवारमा मनमुटाव हुने भएकाले तर्क नगर्नु राम्रो हुनेछ ।

कर्कट : दिन सहज छ । बन्धुसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ । साथीसँगको सम्बन्ध सामान्य रहनेछ ।

सिंह : दिन राम्रो छ । साथीको साथ लिएर नयाँ कामको सुरुवात गर्दा फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्नसक्छ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट उन्नति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

कन्या : दिन राम्रो छ । बोलीका प्रभावले राम्रो काम बन्नेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा अगाडि बढ्नु फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । पुरुषसँगको भन्दा समाजका महिलासँगको सहकार्य सफल हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । मिहिनेत गरेमा आम्दानीका स्रोत सुदृढ रहेका छन् । मसिना कुरामा अल्झिनाले समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारले भने साथ दिनेछ ।

धनु : दिन राम्रो छ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले प्रष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । बौद्धिक व्यक्तिको साथ प्राप्त नहुँदा मन दुःखी भए पनि स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मकर : दिन सामान्य छ । अन्त्य साढेसाती दशा भोग्दै हुनुहुन्छ । तपाईंले गरेको राम्रो कामको जस अरुले लिनसक्छन् । राज्यले तपाईंमाथि अन्याय गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । पुराना साथीको साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भ : खर्च बढ्नेछ । जुनसुकै काममा झन्झट आइपर्न सक्छ । खानपानमा ख्याल नगर्नाले रोगले सताउने जोखिम छ । सामाजिक सेवामा भने तपाईंले अवसर प्राप्त गर्नुहुनेछ । परोपकारको क्षेत्रमा सक्रिय भएमा मन शान्त बन्नेछ ।

मीन : दिन सामान्य छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला । 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ११ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि