१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी « Khabarhub

१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा भिल्लारियालविरुद्ध बोरुसिया डोर्टमण्डले ४-० को शानदार जित दर्ता गरेको छ। १० खेलाडीमा सीमित भिल्लारियालविरुद्ध डोर्टमण्ड हाबी भएको हो।

पहिलो हाफको पूरा समयसम्म गोलरहित बराबरी खेलेको डोर्टमण्डले अतिरिक्त समयमा सेरहु ग्विरासीको गोलमा १-० को अग्रता लिएको थियो। उसले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै तीन गोल गरेको हो।

खेलको ५२ औं मिनेटमा भिल्लारियालका जुआन फोएथले रातो कार्ड पाएपछि टिम थप दबाबमा परेको थियो।

१० खेलाडीमा सीमित भएको भिल्लारियलविरुद्ध डोर्टमण्डले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो। खेलको ५४ औं मिनेटमा ग्विरासीले दोस्रो गोल गरे भने ५८ औं मिनेटमा करिम अडेयेमीले थप गोल गर्दै खेल एकतर्फी बनाए।

अतिरिक्त समयमा ड्यानियल स्वेन्सले गोल गर्दै ४-० को एकतर्फी शानदार जित दर्ता गरेका हुन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ४९ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी