कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : हाम्रो हस्ताक्षरको अपमान स्वीकार्दैनौँ « Khabarhub

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : हाम्रो हस्ताक्षरको अपमान स्वीकार्दैनौँ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरुले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरि नयाँ नीति र नेतृत्वका साथ पाटी निर्वाचनमा होमिनुपर्ने बताएका हुन् ।

सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षरको अवमूल्यन नगर्न सुझाव दिए। उनले मंसिर मसान्त वा पुस पहिलो साता विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व र नीतिका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

घिमिरेले समयमा महाधिवशेन नगर्ने नियतका साथ पार्टीको केन्द्रीय कार्यसमिति बैठक लम्ब्याइएको आरोप लगाएका छन्।

उनले विशेष महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले पनि सहजीकरण गर्नुपर्ने भन्दै महाधिवेशनपछि देउवालाई सम्मानित नेताका रुपमा अघि बढाउने जिकिर गरे ।

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नका लागि विशेष महाधिवेशनको माग गरिएको पनि उनले बताएका छन् ।

त्यस्तै अन्य नेताहरूले अब बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताए ।

उनीहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्नेहरूमाथिको अपमान स्वीकार्य नहुनेसमेत जनााएका छन् ।

कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफूहरूलाई जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्ने बताए । उनले नियमित महाधिवेशन नै एक महिनाको तयारीले गर्न सकिने जिकिर गरे ।

‘म गण्डकी प्रदेशको सभापति हुँ, केही कारणले महाधिवेशन गर्न नसकिने मलाई लाग्दैन। हामीलाई जिम्मेवारी दिनु, एक महिनामै सबै प्रक्रिया पुर्‍याएर महाधिवेशन गर्छौं ।’

उनले जो सभापति बने पनि अहिलेको अवस्था हल गरेर जानुपर्नेमा जोड दिए गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित महाधिवेशन गरेर जनतामा जानुपर्ने उनको मत थियो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ३५ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको