बीमामा रहेको बेथिति हटाउने कुरा प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री  « Khabarhub

बीमामा रहेको बेथिति हटाउने कुरा प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतमले औषधीको व्यवस्थापन, आपूर्ति र बीमामा रहेको बेथिति हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तिमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताइन् ।

उनले भनिन्, ‘यो सरकार जेन-जीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेन-जीकै भावनाअनुरूप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढीकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिदैँ गर्दा समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तिमा र वेथितिको पराकाष्टमा रहेको भनेको बीमा हो । यो तीनवटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।’

यस्तै, उनले आगामी दिनहरूमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस् भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताइन् । 

बीमाको सन्दर्भमा हाल भएको बीमालाई नै कसरी सुधार गर्न सकिन्छ र के गरेर जाने भन्ने कुरामा गहन छलफल गर्नुपर्ने भन्दै अहिले यसमा अध्ययनको क्रम जारी रहेको पनि उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ३३ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल