निजी क्षेत्रसँग सहकार्य अत्यावश्यक : मुख्यमन्त्री शाह « Khabarhub

निजी क्षेत्रसँग सहकार्य अत्यावश्यक : मुख्यमन्त्री शाह


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको आर्थिक तथा पूर्वाधार विकासलाई गति दिन निजी क्षेत्रको साथ र सहकार्य अत्यावश्यक रहेको बताएका छन् ।

आज ‘सम्मुनत लम्कीचुहाको आधार– कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित सुरु भएको लम्की महोत्सव–२०८२ को उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत नीतिगत तथा कानुनी सुधारका काममा अघि बढ्न तयार रहेको स्पष्ट पारे ।

‘निजी क्षेत्रसँग सहकार्य गर्दै कानुनी अवरोध हटाउने प्रतिबद्धता गर्दछु,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले निजी क्षेत्र, उद्योग वाणिज्य सङ्घ, दातृ निकाय र विकास साझेदारसँग निरन्तर संवाद गर्दै आएको छ ।’

उनले प्रदेशमा विद्यमान कानुनी अवरोध, प्रक्रिया र नियमहरूको समीक्षा तथा संशोधनमार्फत समस्या समाधान गर्दै जाने विश्वास दिलाए ।

सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन–२०८२ तयारीको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री शाहले सम्भावित लगानीकर्तासँग अन्तरक्रिया भइरहेको जानकारी दिए । उनका अनुसार सम्मेलनले प्रदेशको सम्भाव्यता, स्रोत–साधन र अवसरलाई व्यापक रूपमा प्रस्तुत गर्नेछ ।
 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : २५ बजे

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक

भाद्र २४ को विध्वंसमा जेन-जीको हात छैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन