हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु « Khabarhub

हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ। थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो उठेको तस्बिरहरूमा देखिएको छ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको जनाएको छ। कम्लेक्सका ८ ब्लकमा कुल २ हजार फ्ल्याट रहेको समाचारमा जनाइएको छ।

हङकङ सरकारका अनुसार स्थानीय समयअनुसार २ बजेर ५१ मिनेट जाँदा आगलागी सुरु भएको थियो। त्यसलगत्तै अग्निनियन्त्रकहरू खटिएका थिए।

बीबीसीका अनुसार आगलागीका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। त्यस्तै २८ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये एक जना अग्निनियन्त्रक पनि छन्।

आगलागी नियन्त्रणमा लिगनका लागि साढे ७ सयभन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन्। केही व्यक्तिहरू अझै आगलागीमा फसेका अनुमान गरिएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ४३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक