एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन « Khabarhub

एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन्।

उनीहरू चुनाव चिह्न चकिया (जाँतो)मा चुनाव लड्ने भएका हुन्। बुधवार निर्वाचन आयोग पुगेर राई, महतो र चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष राईले जसपाको नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने र निर्वाचनपछि पनि कुनै कम्युनिस्ट पार्टीमा मिसिने सम्भावना नरहेको बताए।

‘नेपाली कम्युनिस्ट पार्टीमा एकता हुँदैन,’ राईले भने, ‘हामी तीन वटा दल मिलेर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छौँ।’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको जिकिर गरे। सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने बताए। ‘टुट्ने फुट्ने भनेको राजनीतिक संस्कार हो। सबैभन्दा ठूलो कुरा मुद्दा हो। मुद्दा उडेको देखियो भने समात्न खोज्ने हो,’ चौधरीले भने, ‘देश रहेन भने केको अधिकार? केको थारु? देश ठूलो कुरा हो।’

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताए। तर आफूहरू एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको बताए।

निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरूको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : ३० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न