प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया « Khabarhub

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण सुरु गरेको छ।

प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रियाको थालनी गरिएको जानकारी दिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने कार्य शुभारम्भ गरिएको जानकारी दिए।

उनका अनुसार, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता हुनुपर्नेछ। उनले सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित बनाउनको लागि दर्ता अभिलेखीकरण सुरु गरिएको बताए।

सहकारीहरू यसअघि नै सरकारको कुनै न कुनै निकायमा दर्ता रहेको भए पनि प्राधिकरणले डकुमेन्टेसनका लागि प्राधिकरणले दर्ता अभिलेखीकरण गर्न लागेको उल्लेख गरे।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ०३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक