प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया « Khabarhub

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण सुरु गरेको छ।

प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रियाको थालनी गरिएको जानकारी दिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने कार्य शुभारम्भ गरिएको जानकारी दिए।

उनका अनुसार, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता हुनुपर्नेछ। उनले सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित बनाउनको लागि दर्ता अभिलेखीकरण सुरु गरिएको बताए।

सहकारीहरू यसअघि नै सरकारको कुनै न कुनै निकायमा दर्ता रहेको भए पनि प्राधिकरणले डकुमेन्टेसनका लागि प्राधिकरणले दर्ता अभिलेखीकरण गर्न लागेको उल्लेख गरे।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ०३ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको