सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु « Khabarhub

सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक सैन्य सामग्री भण्डारमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएका उद्धारकर्मीहरूले जनाएका छन् ।

हरेम क्षेत्रमा रहेको सिरियाली उद्धार केन्द्रका अनुसार, विस्फोटपछि केही पीडितहरू घण्टौँसम्म भग्नावशेषमुनि फसेका थिए, र उद्धार टोलीले निरन्तर उत्खनन तथा उद्धार कार्य जारी राखेको थियो ।

बेलायतमा आधारित युद्ध निगरानी संस्थाले विस्फोट सैन्य सामग्री भण्डारभित्र भएको पुष्टि गरे पनि यसको कारण तथा क्षतिको विस्तृत विवरण तत्काल उपलब्ध नभएको जनाएको छ । उद्धार टोलीले भण्डार आसपासका धेरै भवनमा ठूलो क्षति पुगेको बताए ।

स्थानीयले विस्फोटपछि शहरमाथि बाक्लो धुवाँ उठेको देखेको बताएका छन् । उक्त भण्डार कसको नियन्त्रणमा थियो भन्नेबारे कुनै पनि समूहले जिम्मेवारी स्वीकारेको छैन, र स्थानीय अधिकारीहरूले पनि विस्फोटको कारणबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ०७ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य