आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर २६ तारिख । पौष शुक्ल पक्षको षष्ठी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : मन खुशी रहनेछ । स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । विपक्षीमाथि विजय प्राप्त हुनेछ । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ । साथीभाइले सहयोग गर्नेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ । आज पारिवारिक मेलमिलाप हुनेछ ।

मिथुन : पठनपाठनमा रुची बढ्ने दिन छ । नतिजाको पर्खाइमा भए शुभ खबर सुन्नुपर्ने योग परेको छ । मन शान्त रहनेछ । परिवारमा विवाद गरेमा घाटा हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ ।

कर्कट : दिन सामान्य छ । साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ । परिवारसँग बसेर रमाइलो गर्ने समय छ । राजनीतिक क्षेत्रमा भने साथीले सहयोग गर्नेछन् । लामो दूरीको यात्रा तय हुनेछ ।

सिंह : असन्तुष्टि बढ्नेछ । साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ । बिहान मनमा खटपटी बढे पनि दिउँसोपछि महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । आज परिवारलाई समय दिइनेछ ।

कन्या : दिन राम्रो छ । धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ । साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन् । व्यापारमा लगानी गर्ने भए दिन अनुकुल छ । परिवारमा सुख प्राप्त हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ ।

तुला : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ । सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । परोपरकार गर्ने बानीले आफ्नो समय र धनसमेत खर्च हुनेछ । आजको दिन शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।

वृश्चिक : व्यापारमा फाइदा हुनेछ । घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : दिन राम्रो भएकाले सोचेको काम बन्नेछ । साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन् । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ ।

मकर : मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ । लामो यात्रा तय हुनसक्छ । पठनपाठनमा भने जोस जाँगर कम हुनेछ ।  

कुम्भ : मन अशान्त रहेकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ । तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ । बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । पढाइमा मन नजाँदा निराशा बढ्नेछ । बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ । साथीभाइले सहयोग गर्नेछन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : ११ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो