आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति « Khabarhub

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छ । आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए । 

फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ । घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ ।

‘आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेराको घर जलेको अवस्थामा छन् भने रमेश महतारा, मोहन महताराको सामान जलेर नष्ट भएका छन् । कति क्षति भएको भन्ने यकिन विवरण अहिलेसम्म आएको छैन’, आगलागी नियन्त्रणमा खटिएका विजय फडेराले नेपालवोटसँग भने, ‘राति आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो ।’

रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए। अगालागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

‘सर्केगाड प्रहरीचौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण यकिन गर्न सकिएको छैन’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले भने, ‘घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भइरहेको छ भने अहिले आगो पनि नियन्त्रणमा ल्याइएको छ ।’

घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सिनालगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ । 

घाइतेलाई अस्पतालमा ल्याउनेबित्तिकै इमर्जेन्सी उपचार गरिएको जानकारी दिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले श्रीमान् लैबाको शरीर ५४ प्रतिशत जलेको जानकारी दिए । 

‘लैबुको ५४ प्रतिशत शरीर आगोले खाएका कारण जिल्लामा उपचार अलि जटिल छ’, डा तिवारीले नेपालवोटसँग भने, ‘श्रीमती बम्बुको १८ प्रतिशत शरीरलाई आगोले खाएका कारण जिल्लामै उपचार संम्भव छ ।’ 

डा तिवारीका अनुसार लैबुलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ । अहिले बिहान जहाज आउनेबित्तिकै प्रदेश अस्पताल वा अन्यत्र पठाउने तयारी जिल्ला अस्पतालले गरेको छ ।
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : १५ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न