ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य « Khabarhub

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उनले बताए।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा मुख्यमन्त्री आचार्यले आज दिएको शुभकामना सन्देशमा ज्येष्ठ नागरिकले दिएको अनुभव, ज्ञान र योगदानकै कारण समाज अघि बढेको उल्लेख गरेका छन् । उनले लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, हक र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् । 

प्रदेश सरकारले ज्येष्ठ नागरिकको निरोगितालाई ध्यानमा राख्दै घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिरहेको मुख्यमन्त्री आचार्यले उल्लेख गरे ।

‘ज्येष्ठ नागरिकका लागि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसबाट ज्येष्ठ नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै उपचार पाउन सहयोग पुगेको छ’, मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा उल्लेख छ । 

आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री आचार्यले बताएका छन् । साथै उनले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ५० बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई