विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड « Khabarhub

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविकता र सार्थक अर्थ भएको बताएका छन्।

माओत्सेतुङको १३३ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओ जयन्तीको अवसरमा सम्मुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।

‘माओलाई स्मरण गर्दा एउटा बिर्सिनै नहुने सत्य के हो भने अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन सक्दैन’, शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, ‘विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ पनि हो।’

उनले माओ दिवसको अवसरमा सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपीलसमेत गरेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : १८ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।