विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड « Khabarhub

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविकता र सार्थक अर्थ भएको बताएका छन्।

माओत्सेतुङको १३३ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओ जयन्तीको अवसरमा सम्मुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।

‘माओलाई स्मरण गर्दा एउटा बिर्सिनै नहुने सत्य के हो भने अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन सक्दैन’, शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, ‘विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ पनि हो।’

उनले माओ दिवसको अवसरमा सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपीलसमेत गरेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : १८ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो