सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने « Khabarhub

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले शुक्रबार प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन्।

सञ्चारमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ९:३० बजे कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।

त्यसपछि सञ्चारमन्त्री खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। ओलीलाई भेट्न भक्तपुरस्थित ओली निवास गुन्डु बिहान ११ बजे पुग्ने कार्यक्रम रहेको छ।

सचिवालयका अनुसार दिउँसो १२ बजे सञ्चारमन्त्री खरेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सञ्चारमन्त्री खरेल शीर्ष नेतासँग भेट गर्न उनीहरुको निजी निवासमा पुग्नेछन् ।

सरकारले निर्वाचनको वातावरण बनाउन शीर्ष नेतासँगको छलफललाई तिब्रता दिएको हो । यसअघि राष्ट्रपतिको अग्रसरतामा शीर्ष तीन नेतासहित प्रधानमन्त्री सुशीला कार्कीले चुनावको विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : २४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको