रायोको सागमा आज पनि भेटियो विषादी  « Khabarhub

रायोको सागमा आज पनि भेटियो विषादी 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा आज पनि विषादी भेटिएको छ ।  

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले गरेको परीक्षणमा रायोको साग उपभोग अयोग्य रहेको पाइएको हो । प्रयोगशालाको प्रतिवेदन अनुसार रायोको सागको नमुनामा कार्बामेट १५.२९९ प्रतिशत र अर्गानोफस्फेट ५४.९२९ प्रतिशत विषादी अवशेष भेटिएको छ। मापदण्ड अनुसार ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा उपभोग अयोग्य मानिने व्यवस्था छ।

उक्त रायोको साग कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा बिक्रीका लागि राखिएको थियो। परीक्षणपछि सम्बन्धित निकायलाई जानकारी गराइएको प्रयोगशालाले जनाएको छ । पछिल्लो समय कालीमाटी बजारमा बिक्री हुने तरकारीमा बारम्बार विषादी भेटिँदै आएको छ । 

यसअघि पुष ८ गते पनि रायोको सागमा ९९.०८ प्रतिशत विषादी भेटिएको थियो । सरोकारवालाहरूले विषादीको अनियन्त्रित प्रयोग रोक्न, नियमित अनुगमन बढाउन र उपभोक्ताको स्वास्थ्य सुरक्षामा गम्भीर ध्यान दिन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ११ : ४५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको