रायोको सागमा आज पनि भेटियो विषादी  « Khabarhub

रायोको सागमा आज पनि भेटियो विषादी 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा आज पनि विषादी भेटिएको छ ।  

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले गरेको परीक्षणमा रायोको साग उपभोग अयोग्य रहेको पाइएको हो । प्रयोगशालाको प्रतिवेदन अनुसार रायोको सागको नमुनामा कार्बामेट १५.२९९ प्रतिशत र अर्गानोफस्फेट ५४.९२९ प्रतिशत विषादी अवशेष भेटिएको छ। मापदण्ड अनुसार ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा उपभोग अयोग्य मानिने व्यवस्था छ।

उक्त रायोको साग कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा बिक्रीका लागि राखिएको थियो। परीक्षणपछि सम्बन्धित निकायलाई जानकारी गराइएको प्रयोगशालाले जनाएको छ । पछिल्लो समय कालीमाटी बजारमा बिक्री हुने तरकारीमा बारम्बार विषादी भेटिँदै आएको छ । 

यसअघि पुष ८ गते पनि रायोको सागमा ९९.०८ प्रतिशत विषादी भेटिएको थियो । सरोकारवालाहरूले विषादीको अनियन्त्रित प्रयोग रोक्न, नियमित अनुगमन बढाउन र उपभोक्ताको स्वास्थ्य सुरक्षामा गम्भीर ध्यान दिन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ११ : ४५ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।