पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस  « Khabarhub

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नको नाम उम्मेदवार सिफारिस भएको छ । नेपाली कम्युनिस्ट पार्टीको सञ्चार सांस्कृतिक महाशाखा(पार्टी जिल्ला कमिटी)को शुक्रबार बसेको बैठकले उनको नाम सिफारिस गरेको हो ।

महाशाखाका अध्यक्ष बुद्ध लोप्चनको अध्यक्षता तथा उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले रत्नको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको अध्यक्ष लोप्चनले जानकारी दिए।

कमलामाई नगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा रत्न विगत डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् । सिन्धुलीस्थित रेडियो सिद्धबाबाबाट २०६९ सालमा पत्रकारिता सुरु गरेका उनी दस वर्षदेखि मूलधारको पत्रकारितामा क्रियाशील छन् ।

एबीसी टेलिभिजन, न्यूज एजेन्सी नेपाल लगायतका आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका उनी हाल सौर्य दैनिक पत्रिकामा आवद्ध रहेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको सचिव रहेका पत्रकार रत्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सहसचिव रहेका छन् ।

पत्रकारिताको अलावा सामाजिक तथा राजनीतिक अभियानमा संलग्न पत्रकार रत्न भ्रष्टाचार तथा कुशासनविरुद्धको अभियान समेत सञ्चालन गर्दै आएका छन् । आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले देशभरबाट उम्मेदवार सिफारिस गरिरहेको छ ।

पत्रकार रत्नले आफूलाई उम्मेदवार सिफारिस गर्ने निर्णयको स्वागत गर्दै आफू निर्वाचन लड्न तयार रहेको बताए ।

 ‘राजनीतिमा नव युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ । र त्यसका निम्ति हामी तयार हुनुपर्ने भएको छु, उनले भने, ‘म सिन्धुली २ मा उम्मेदवारी दिन तयार छु’ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ५७ बजे

राजस्थान रोयल्स प्लेअफमा, मुम्बई इन्डियन्स ३० रनले पराजित

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो

बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको

गाडी दर्ता रोकिएपछि व्यवसायीको प्रश्न : भन्सारमा रोकिएका सवारीको क्षतिपूर्ति कसले दिन्छ ?

काठमाडौं- यातायात व्यवस्था विभागले बिहीबार देशभरका ४४ यातायात कार्यालयलाई विद्युतीयसहित

बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ?

काठमाडौं – कमेडीमा अश्लील शब्द प्रयोगका विषयले सामाजिक सञ्जालमा बहसको

एकाएक रोकियो ‘लुसिफर राइजिङ’ नाटक, सरकारकै मान्छेको दबाब, कलाकारलाई मार्ने धम्की

काठमाडौं- काठमाडौंमा मञ्चन भइरहेको एउटा नाटक सरकारले दबाब दिएर रोकेको