लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु  « Khabarhub

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका–१ का ३१ वर्षीय प्रकाश तामाङको मृत्यु भएको छ ।
 
भीमेश्वर नगरपालिका–७ उखुबारीमा बिहीबार लप्सी टिप्न रुखमा चढेका तामाङ  खसेर गम्भीर घाइते भएका थिए । उनको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो।
 
घाइते तामाङलाई सुरुमा सदरमुकाम चरिकोटमा उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल ल्याएका उनको  उपचारकै क्रममा गए राति मृत्यु भएको मृतकका दाजु जनक तामाङले जानकारी दिए।
 
लप्सीको ठेक्का लिएर काम गर्दै आएका तामाङ भीमेश्वर–७ उखुबारीका स्थानीय ८४ वर्षीय रितबहादुर बस्नेतको बारीमा लप्सी टिप्न रुखमा चढेका थिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३५ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३