जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले « Khabarhub

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले जाँचबुझ आयोगका पदाधिकारीहरूमाथि प्रश्नसहित दायर रिटलाई खारेज गर्ने आदेश जारी गरेको हो ।

अधिवक्ता विपीन ढकालले आयोगका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण उनको निष्पक्षता प्रश्नसहित रिट हालेका थिए। उनले आयोगका सदस्यहरू पूर्वएआईजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई पनि प्रतिवादी बनाइएको थियो ।

सर्वोच्चको पूर्ण इजलासले आयोगलाई निर्देशनात्मक आदेश पनि दिँदै रिट खारेज गरेको हो । यससँगै आयोगलाई छानबिन प्रक्रिया र बयानलाई अन्तिम रुप दिन सहज भएको छ।

यो रिटमा गत कात्तिक ९ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ०० बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३