जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले « Khabarhub

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले जाँचबुझ आयोगका पदाधिकारीहरूमाथि प्रश्नसहित दायर रिटलाई खारेज गर्ने आदेश जारी गरेको हो ।

अधिवक्ता विपीन ढकालले आयोगका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण उनको निष्पक्षता प्रश्नसहित रिट हालेका थिए। उनले आयोगका सदस्यहरू पूर्वएआईजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई पनि प्रतिवादी बनाइएको थियो ।

सर्वोच्चको पूर्ण इजलासले आयोगलाई निर्देशनात्मक आदेश पनि दिँदै रिट खारेज गरेको हो । यससँगै आयोगलाई छानबिन प्रक्रिया र बयानलाई अन्तिम रुप दिन सहज भएको छ।

यो रिटमा गत कात्तिक ९ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ०० बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ