प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन् « Khabarhub

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन गराउनका लागि प्रमुख राजनीतिक दलहरूसँगको संवादलाई तीव्र बनाएकी छन् ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई तीन ठूला दलका नेताको निवासमा पठाएकी उनले शनिबार उनीहरूलाई नै बालुवाटारमा बोलाएकी हुन् ।

चुनावी तयारीलाई तीव्र पार्ने क्रममा विश्वासको वातावरण बनाउनका लागि उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितका दलका नेताहरूलाई शनिबार बालुवाटारमा बोलाएकी हुन् ।

ठूला राजनीतिक दलले चुनावभन्दा भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनातर्फ बल गरिरहेका बेला सरकारले विश्वासको वातावरण बनाउनेतर्फ जोड दिएको हो ।

अन्तरिम सरकारले दलहरूसँग सम्वादका लागि उच्चस्तरीय राजनीतिक सम्वाद समिति पनि बनाएको छ ।

समिति संयोजकमा कानूनमन्त्री अनिलकुमार सिन्हा छन् । यो समितिका तर्फबाट प्रमुख राजनीतिक दलहरूको पार्टी कार्यालय अवलोकन र नेताहरूसँग भेट्ने काम सदस्य एवम् सञ्चारमन्त्री खरेलले गरिसकेका छन् ।

खरेलले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । यी भेटपछि खरेलले अब फागुन २१ गतेको निर्वाचन हुने कुरामा सरकार ढुक्क भएको पनि बताएका छन् ।

सञ्चारमन्त्रीले शीर्ष नेतासँग छलफल गरिसकेपछि सरकारले उनीहरूलाई प्रधानमन्त्रीको निवासमा निम्तो गरेको छ। प्रधानमन्त्रीको सचिवालयले तीनै शीर्ष नेतालाई निम्तो पठाइसकेको जनाएको छ।

यसअघि प्रमुख तीन दलका नेतृत्वसँग राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री कार्कीले शीतल निवासमा संवाद गरेकी थिइन् । त्यस भेटमा देउवा र ओलीले चुनावी वातावरण नबनेकाले फागुन २१ मा निर्वाचन असम्भव रहेको बताएका थिए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : १८ बजे

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे– उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा ३१