काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ ।
सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका छन् ।
हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ ।
हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे ।
उनले नेपाललाई विश्वमा केवल प्रकृतिमय देश भएको र हात्ती महोत्सवबारेको अपूर्ण धारणालाई हात्ती नेपालको संस्कृतिसँग जोडिएको पनि स्पष्ट हुनुपर्ने बताए ।
आयोजकका अनुसार महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पुर्याउने अपेक्षा गरिएको छ । प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी/ चितवन






























प्रतिक्रिया