कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु « Khabarhub

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकिएको छ । गौरीफन्टा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकलाई आवागनमा सीमापारी भारतीय पक्षले रोक लगाएसँगै कार्यालयको काम पनि रोकिएको हो ।

कार्यालयका सूचना अधिकारी शान्ति बुढाले भने, ‘गौरीफन्टास्थित भारतीय अधिकारीले आफूहरूसँग साधनस्रोत नभएको भनेर गत वर्ष जनवरी(पुस)देखि तेस्रो मुलुकका यात्रुको आवागमनको काम रोकेको छ । उक्त काम रोक्दा गौरीफन्टा पुग्ने पाहुनाले गन्तव्यतर्फ जान नपाएर समस्या भइरहेको छ ।’
 
उनका अनुसार यहाँस्थित अध्यागमन कार्यालयले अध्यागमनसम्बन्धी व्यवस्थापन तथा सेवा प्रवाहलाई यथावत् राखे पनि सीमापारी पुग्ने यात्रुलाई आवागमन गर्न दिइएको छैन । आवागमनका लागि गौरीफन्टा नाका प्रयोग गर्न नपाएपछि यात्रुले कञ्चनपुरको गड्डाचौकी सीमानाका प्रयोग गर्न थालेका उनले जानकारी दिए  ।  
  
गौरीफन्टामा आवागमन रोकिँदा कैलाली अध्यागमन कार्यालयको राजस्व सङ्कलन पनि प्रभावित भएको सूचना अधिकारी बुढाले बताए । साथै यो नाका प्रयोग गर्दै आएका यात्रुलाई अन्य नाका प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । उनका अनुसार कार्यालयले विदेशी नागरिकको भिसाको म्याद थपिदिने, वैवाहिक भिसा दिनेलगायत सेवा उपलब्ध गराउँदै आएको छ ।  
 
‘कार्यालयको सन् २०२४ को वार्षिक तथ्याङ्कका अनुसार यो नाका हुँदै तेस्रो मुलुकका ३० नागरिक भित्रिएकामा ३२ नागरिक बाहिरिएका थिए । त्यसपछि भने काम रोकिएको छ’, सूचना अधिकारी बुढाले भने ।

अध्यागमन व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी रहेको अध्यागमन विभागअन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा अध्यागमन कार्यालय सञ्चालनमा छन् । रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : २९ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा