महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप « Khabarhub

महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो । विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फार्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए  ।

सबै वडामा किसानले पालेका २४ हजार १०० खसी बाख्रालाई पिपीआर खोप लगाइनेछ । त्यस्तै सुँगुर–बङ्गुरलाई एक हजार १०० डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए  ।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले यस किसिमको खोपबाट पशुमा अनाहक रूपमा लाग्ने रोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : २५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा