सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै « Khabarhub

सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसदको हिउँदै अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले आज बिहान ११ बजे पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ।

यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ०१ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी