छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण « Khabarhub

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।

आइतबार राति करिब साढे १० बजेको समयमा सरस्वतीलाई बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाइ छ ।

सरस्वतीलाई उपचारका लागि लम्की लगिएको छ । उनको अवस्था भने खतरामुक्त  रहेको बताइएको छ ।

कैलालीका विभिन्न क्षेत्रमा अझै छाउको समयमा गोठमा बस्ने चलन कायमै छ। छाउगोठमुक्त, वडा, पालिका घोषणा गरिए पनि गोठमा बस्ने चलन हटेको छैन।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : १५ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले