बाघ खोज्न चार स्थानमा क्यामेरा जडान « Khabarhub

बाघ खोज्न चार स्थानमा क्यामेरा जडान


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सब डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ । 

सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान भएको जानकारी दिए । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको उनको भनाइ छ । 

‘जडान गरेको केही दिन भएको छ, तर अहिलेसम्म केही देखिएको छैन’, उनले भने।

निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताए। क्यामेराको सहयोगले बाघबारे सही जानकारी हासिल हुने उनको भनाइ छ ।  

बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जंगली बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि सो वन क्षेत्रमा क्यामेरा जडान गरिएको भगवती सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले बताए। गत बुधबार राप्तीसोनारी गाउँपालिका –८ की ६७ वर्षीया चेती बुढाको  बाघको आक्रमणबाट मृत्यु भएको थियो । 

स्थानीयका अनुसार सो जङ्गलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो । यसअघि पनि गाउँलेका १० वटा बाख्रा बाघले मारेको थियो । सो सामुदायिक वननजिक बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ । 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : २१ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी