रुसमा बितेका विनोदलाई कुशको शव बनाएर बिदाइ (तस्बिरहरू) « Khabarhub

रुसमा बितेका विनोदलाई कुशको शव बनाएर बिदाइ (तस्बिरहरू)


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनविरुद्धको युद्धमा रूसी सेनाबाट सहभागी एकजना नेपाली युवकको उनका परिवारले कुशको शव बनाएर अन्तिम बिदाइ गरेका छन् ।

ओखलढुंगा स्थायी घर भई कीर्तिपुर नगरपालिका– ४ मा बस्दै आएका विनोदबहादुर सुनुवारको सोमबार पशुपतिनाथ आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो ।

रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाएका सुनुवारको पार्थिव शरीर नेपाल ल्याउन सम्भव भएन । उनको निधनको खबर मात्रै घरपरिवारसम्म आइपुग्यो । विनोदको शवको रुसी सेनाले उतै अन्त्येष्टि गरिसकेको छ ।

त्यहीकारण पशुपति आर्यघाटमा कुशको शव तयार गरेर आफ्नो संस्कृति परम्पराअनुसार परिवारजनले दाहसंस्कार गरेका हुन् ।

 विनोद १७ असोज २०८० मा रुसतर्फ गएका थिए । रुस गएको ७५ दिनदेखि परिवारसँग सम्पर्क थिएन । तीन दिनअघि मात्रै उनको मृत्युको खबर परिवारलाई आएको हो ।

कीर्तिपुरमा बसोबास गर्दागर्दै रुस गएका सुनुवारका २४ वर्षीय श्रीमती सृजना बस्नेत र एक छोरा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ३४ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको