मन्त्रीहरूलाई देउवाको निर्देशन- सांसदहरूसँग समन्वय गरेर काम गर्नू « Khabarhub

मन्त्रीहरूलाई देउवाको निर्देशन- सांसदहरूसँग समन्वय गरेर काम गर्नू


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

संसदीय दलको सोमबारको बैठकमा दलको नेतासमेत रहेका सभापति देउवाले सरकारमा सहभागी मन्त्रीहरूलाई पार्टीबाट निर्वाचित सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन् । 

‘सभापतिज्यूले अन्तिममा मन्त्रीज्यूहरूको काम अलिकति अप्ठ्यारो त होला तर, सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो,’ बैठकपछि कांग्रेस सांसद रामहरि खतिवडाले भने । 

उनका अनुसार सभापति देउवाले बैठकमा वर्तमान गठबन्धनको सरकार ७ बुँदे सहमतिअनुसार निरन्तर जाने कुरामा विवाद नरहेको पनि बताए । देउवाले सांसदहरूलाई सरकारले काम गर्ने क्रममा गल्ती गरे खुलेर कुरा राख्न पनि भनेका छन् ।      

‘गठबन्धनको सरकार हाम्रो ७ बुँदे सहमतिअनुसार निरन्तर जाने कुरामा विवाद छैन । तर, गल्ती भयो भने गल्ती भएका कुराहरू खुलेर राख्न सभापतिले पनि भन्नुभएको छ,’ खतिवडाले भने, ‘माननीय सदस्यहरूले पनि कुरा उठाएका छन् ।’

उनले बैठकमा पार्टीका आन्तरिक कुरा, अनुशासनका कुरासँगसँगै सांसदहरूले कहाँ कसरी बोल्ने भन्नेबारेमा पनि कुराहरू उठेको जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ०० बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक